पाेखरा।।
गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ । उनकाे काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा उपचारकाे क्रममा ६३ वर्षकाे उमेरमा निधन भएको हाे ।
केही दिन अघि डेङ्गीबाट संक्रमित गाैचनकाे बुधबार राति निधन भएको प्रदेश सभा सदस्य जीत शेरचनले जानकारी दिएका छन् ।
उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन ।
त्यस्तै पारिवारिक स्राेतका अनुसार उनको छोरा अमेरिका भएकोले त्यहाँबाट आएपछि मात्र अन्त्यष्टि गरिने हुदाँ अहिले उनकाे शव अस्पतालमै राखिएको बताइएको छ ।












