पाेखरा ।।
पोखरा-मुग्लिन सडक खण्ड अन्तर्गत छिर्कने देउराली सडक खण्ड दैनिक साँढे ४ घण्टा अवरुद्ध हुने भएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो ।
आगामी मंसिर ३ गतेदेखि २३ गतेसम्म उक्त सडक योजना (पूर्वीखण्ड) अन्तर्गत छिर्कने खण्डको निर्माण कार्यलाई तीव्रता दिन दुई चरण गरि साे सडकखण्डलाई पूर्ण रूपमा बन्द गर्न लागिएको हाे ।
उक्त सडकखण्ड योजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार पहिलाे चरणमा राति ११ बजेदेखि बिहान १ बजेसम्म र पुनःदोस्रो चरणमा बिहान १ः३० बजेबाट ४ बजेसम्म पूर्ण रूपमा सडक बन्द गरी निर्माण कार्यलाई तिर्ब गरिने बताएका छन् ।
यस्तै यस सडकखण्ड अन्तर्गत पूर्वीखण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ भने १४ वटा साना पुलहरु निर्माण कार्य सम्पन्न भइसकेकाे पाण्डेले जानकारी दिएका छन् ।














