नेपाल पुन मगर समाज केन्द्रिय समितिको अध्यक्षमा खम बहादुर गर्वुजा पुन मगर सर्वसम्मत निर्वाचित
  • प्रमुख खबर

smart

पाेखरा ।।
नेपाल पुन मगर समाज केन्द्रिय समितिको दाेस्राे महाधिवेशन र नवाैं साधारणसभा सफलताका सम्पन्न भएको छ ।

पोखरामा २९ र ३० गते भएको उक्त महाधिवेशनबाट समितिको अध्यक्षमा खम बहादुर गर्वुजा पुन मगर सर्वसम्मत निर्वाचित भएका छन् ।

उनकाे अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति समेत सर्वसम्मत निर्वाचित भएका छन् ।

निर्वाचित हुनेहरुमा समितिको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर फगामी पुन मगर, उपाध्यक्षमा नरबहादुर फगामी पुन मगर, महिला उपाध्यक्षमा रामकुमारी पुन मगर, महसचिवमा प्रतिमाया पुन मगर (थजाली), सचिवमा हेमकुमारी गर्बुजा पुन मगर र कोषाध्यक्षमा दलबहादुर पुन मगर सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै केन्द्रिय समिति सदस्यहरुमा देउकुमारी गर्बुजा पुन मगर, दलबहादुर पुन मगर, देउबहादुर चोवादी पुन मगर, कृष्ण गर्बुजा पुन मगर, आशिष पुन मगर, देव चोचाङ्गी पुन मगर, कुमार बहादुर पुन मगर, जगबहादुर पुन मगर, दिपक पुन मगर, टेकबहादुर पुन मगर, गोविन्द पुन मगर, देवबहादुर पुन मगर, खगेन्द्रमान पुन मगर, यामबुमार पुन मगर, माया पुन मगर, बलबहादुर पुन मगर, भिम बहादुर पुन मगर, कल्पना पुर्जा पुन मगर, यामकुमारी खोरजा पुन मगर, तुलबहादुर पुर्जा पुन मगर, डिलदेवी पुर्जा पुन मगर, निरज पुन मगर, देव गर्वुजा पुन मगर, कुम पुन मगर, तुलबहादुर तिलिजा पुन मगर र टेकबहादुर पहरे पुन मगर चयन भएका छन् ।

साे महाधिवेशनबाट नयाँ पदाधिकारीसहित कार्यसमिति सदस्यहरु निर्वाचित भएसँगै समितिले ६ बुँदे घोषणापत्र समेत जारी गरेकाे छ ।

उक्त ६ बुँदे घोषणापत्रमा मगर खाम मातृभाषा, धर्म संस्कार, संस्कृति र भेषभुषा संरक्षण एवम् प्रवद्र्धन गर्न प्रतिवद्धता जाहेर गर्ने, देश विदेशमा रहेका पुन मगर लगायत सम्पूर्ण मगरहरुलाई एकताको लागि नेपाल पुन मगर समाजले प्रतिवद्ध गर्ने, संविधानमा व्यवस्था भए अनुसार मगर खाम मातृभाषालाई मगर खाम बाहुल्यता रहेको स्थानीय तह र क्षेत्रहरुमा सरकारी कामकाजी भाषाको रुपमा लागू गर्न पहल गर्ने भनिएकाे छ ।

यस्तै पुन मगरहरुलाई आर्थिक समृद्धि, स्वास्थ्य तथा शैक्षिक गुणस्तर उत्थान एवम् सामाजिक सशक्तिकरण पक्रियामा जागरण ल्याउने, कुनै पनि पार्टी भन्दा जाति ठुलो हो भन्ने ध्येलाई आत्मसाथ गर्दै पुन मगर समाजलाई विशुद्ध जाति उत्थानको रुपमा अगाडि बढाउन प्रतिवद्धता जाहेर समेत गरिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्