पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खाेप नेपाल अायाे
  • प्रमुख खबर

काठ्माण्डाैं ।।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’
(एचपीभी) खोप ल्याएको छ ।

ग्लोबल एलायन्स (गाभी)को सहयोगमा मन्त्रालयले ‘एचपिभी’ खोप ल्याएकाे छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले अहिले ४ लाख ६० हजार ९ सय ४० मात्र खोप आएको बताएका छन् ।

खाेप अभियान सञ्चालन भने आगामी माघ २३ गतेबाट थाल्ने निर्देशक रायमाझीले बताए ।

उक्त खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको र विस्तारै प्रदेशमा पठाइने पनि उनले बताए ।

विशेषगरी किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन सरकारले याे खाेप गाभीसंगकाे सहयाेग नेपाल ल्याएकाे हाे ।

कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९ सय किशोरीमा खोप लगाइने पनि मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्