पाेखरा ।।
पोखरा महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई एमबिबिएस पढ्न छात्रवृत्ति दिइने विवादस्पद निर्णय तत्कालका लागि स्थगित गरेको छ ।
महानगरले पुस ४ गते गरेकाे साे निर्णयकाे चौतर्फी विरोध भएपछि अाज अर्काे सूचना जारी गर्दै उक्त निर्णय स्थगित गरेकाे हाे ।
विशेषगरी महानगरले एमबिबिएस अध्ययनका लागि सहिदका छाेराछाेरीलाई प्रदान गर्दै अाएकाे याे छात्रवृत्ति यसपटकदेखि कार्यविधि संशोधन गरी जनप्रतिनिधिका सन्तानले पनि पाउने गरी आफ्नो हितमा अगाडि बढेको भन्दै मेयर धनराज आचार्य आलोचित बनेसंगै तत्कालका लागि याे निर्णय स्थगित गर्न बाध्य भएका हुन् ।
महानगरपालिकाले यसअघि सहिदका सन्तालाई एमबिबिएस पढाउन प्रतेक वर्ष हरेक विद्यार्थीलाई १० लाख विनियोजन गर्दै आएको थियो ।
उक्त रकम जनआन्दोलनका पहिलो सहिद भिमसेन दाहालका छोरालाई उपलब्ध भएको थियो ।
सहिद भीमसेन दाहालका छोराले यो सुविधा विगत तीन वर्षदेखि पाउँदै अाएका छन् ।
उनले पाएकाे यस छात्रवृत्ति काेष मणिपालको खाताला गएको देखिएपनि महालेखाले बेरुजु देखाएको थियो ।