होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउँदै
  • प्रमुख खबर

पोखरा ।।
पोखरा– २९ भण्डारढिकमा रहेको होली माउण्ट अंग्रेजी मा.वि.ले रजत जयन्ती मनाउने भएको छ ।

विद्यालय स्थापनाको २५ अाैं वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाउन लागेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार माघ १९ गते भव्य कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाईने छ ।

रजत जयन्तीको अवसरमा वृक्षारोपण, चित्रकला, वृद्धाश्रम अनाथलयमा सहयोग, स्वास्थ्य शिविर, सम्मान, पुरस्कार वितरण तथा विविध साँस्कृति कार्यक्रम गरिने न्यौपानेले जानकारी दिए ।

‘यस वर्ष हामी विद्यलयको रजत जयन्तीको वर्षमा छौं’ न्यौपानेले भने, ‘यो वर्ष शैक्षिक पाटोसँगै विद्यालयले सामाजिक सेवाका कार्यलाई पनि सक्रियताका साथ गर्ने छौ ।’

रजत जयन्तीकै अवसरमा यस अघि स्थानीय खुइले डाडाँमा फलफुलका विरुवा रोपिएको उनले बताए ।

यसै अवसरमा विद्यालयले सोमबार जिल्ला स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियिोगिता सम्पन्न गरेको छ । स्थापनाको २५ वर्षको उपलक्ष्यमा आयोजित प्रतियोगितामा २४ विद्यालयका ४७ जना तथा विद्यालयको आन्तरिकतर्फ ४६ जनाको सहभागिता रहेको थियो ।

२०५६ सालमा स्थापना भएको विद्यालयमा हाल ५ सय विद्यार्थी र ४२ जना शिक्षक कर्मचारी रहेको विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्