दक्षिणी क्यालिफोर्नियामा भएको विमान दुर्घटनामा दुईकाे मृत्यु १८ जना घाइते
  • प्रमुख खबर

एजेन्सी ।।
दक्षिणी क्यालिफोर्नियामा एउटा सानो विमान दुर्घटना भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

साे विमान दक्षिणी क्यालिफोर्निया स्थित दुई सय जना काम गरिरहेको फर्निचर निर्माण भवनको छतमाथि खसेकाे थियाे ।

विमान डिज्निल्यान्डबाट ६ माइल (१० किलोमिटर) टाढा रहेको ओरेन्ज काउन्टीको फुलरटन म्युनिसिपल एयरपोर्टबाट उडान भरेको दुई मिनेटभन्दा कम समयमै दुर्घटना भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्