कालिका आधारभुत विद्यालयको वार्षिकोत्सव सम्पन्न
  • प्रमुख खबर

पोखरा ।।
पोखरा महानगरपालिका वडा नं ३२ मजुवास्थित कालिका आधारभुत विद्यालयको ३५ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ ।

कार्यक्रमको एक समारोहकाबीच पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्कीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष कार्कीले शैक्षिक गुणस्तरीयतामा जोड दिदै विद्यालय अघि बढ्नुपर्नेमा जोड दिए । विद्यालयलाई वडाका तर्फबाट साथ र सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।

विद्यालय व्यवस्थापक समितिका अध्यक्ष ओमबहादुर गुरुङले विद्यालयको समग्र विकासका लागि समाजका सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए।शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुमार प्रधानले यस क्षेत्रको शैक्षिक विकासमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताए ।

विद्यालयका प्रधानाध्यापक द्रोणराज सुवेदीले विद्यालयको भौतिक एवम् शैक्षिक अवस्था बारे जानकारी गराएका थिए ।

वार्षिकोत्सवका अवसरमा कार्यक्रममा भवन निर्माण सहयोग दाता दारुमाया गुरुङ, संस्थापक सदस्य एवम् पूर्व अध्यक्ष दलबहादुर गुरुङ, मिलिजुली समाज मजुुवा, विद्यालयका प्रधानाध्यापक दोर्णराज सुवेदी, शिक्षक सुष्मिता गुरुङलाई सम्मान गरिएको थियो ।

त्यस्तै चन्दादाता धनबहादुर थापा, डिलबहादुर पुन, सु.तुलबहादुर गुरुङ, ज्योति लामा, शिक्षक अभिभावक संघका सदस्य बीरबहादुर लामा, समाजसेवी विन्दुकुमारी भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुमार प्रधानलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न कक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्राका साथै विभिन्न विधाका उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गरिएको थियो ।

उक्त अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई स्व. मञ्जु बराल पौडेल स्मृति छात्रबृत्ति आदिबाट पनि विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्