प्रधानमन्त्री ओलीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनको उद्घाटन
  • प्रमुख खबर

पाेखरा ।।
प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन् ।

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन विहिबार पाेखरा आएका प्रधानमन्त्री ओलीले उक्त भवनकाे उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि उनले नवनिर्मित भवनको निरीक्षण पनि गरेका छन् । वि.सं. २०७७ सालमा शिलान्यास भएको उक्त भवन १७ करोड लागतमा निर्माण भएको हाे ।

यस भवनकाे तल्लो तलामा इमरजेन्सी उपचार हुनेछ भने माथिल्लो तलामा एमबीबीएस पढाइ हुने प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री ओली यस प्रतिष्ठानका कुलपति पनि रहेका छन् । प्रतिष्ठानबाट आज ४३ जना दीक्षित हुँदैछन ।

तपाईको प्रतिक्रिया दिनुहोस्