काठ्माण्डाैं ।।
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को मधेस प्रदेशमा जारी मतगणना स्थगित भएको छ । विवाद सृजना भएपछि त्यहाँ जारी मतगणना स्थगित भएको हाे ।
स्राेतका अनुसार १ सय ५४ मतगणना हुदाँ ४ मत कम देखिएपछि विवाद उत्पन्न भएको थियाे । विवादकै क्रममा अध्यक्ष पदका उम्मेदवार विजय शर्मा सापकोटा पक्षधरले मतपत्रमा पानी खन्याएपछि मतगणना स्थगित भएको स्राेतले जनाएको हाे ।
उक्त निर्वाचनकाे मत परिणाम अनुसार मधेस प्रदेशमा अध्यक्षका उम्मेदवार उपदेश यादवले सबैभन्दा बढी ६७ मत प्राप्त गरेका छन् ।
विवादका कारण अहिले दुवै पक्षले पुनः निर्वाचन हुनुपर्ने माग गरेका छन् । अहिले मतगणना स्थलमा निर्वाचन समितिले सिलबन्दी गरेकाे छ ।
सङ्गठनको २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत नेतृत्व छनोटका लागि शनिवार मतदान भएकाे थियाे ।