फिल्म ‘एक्टर: टेक वन’ को प्रदर्शन रोक्न मुद्दा दायर
  • प्रमुख खबर

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90?

काठमाडौं /प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर: टेक वन’ को प्रदर्शन रोक्न माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

माघ ४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘एक्टर’ का निर्माताले माघ १६ मा प्रदर्शनमा आउन लागेको ‘एक्टर: टेक वन’ विरुद्ध रिट दायर गरेका हुन्।

दायर रिटमा प्रतिलिपि अधिकार उल्लंघनको आरोप लगाउँदै कानूनी कारबाही र उचित क्षतिपूर्तिको माग गरिएको छ। रिटमा फिल्म ‘एक्टर: टेक वन’ ले नाम र कथावस्तु चोरी गरी मौलिकताको भ्रम सिर्जना गर्दै गैरकानूनी कार्य गरेको दाबी गरिएको छ।

त्यसैगरी, रिटमा ‘एक्टर: टेक वन’ लाई कुनै पनि माध्यम (सिनेमाघर, डिजिटल प्लेटफर्म वा टेलिभिजन) बाट प्रदर्शन नगर्न रोक्का आदेश जारी गर्न अदालतसँग अनुरोध गरिएको छ।

यो मुद्दा नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट सम्राट थापाले दायर गरेका हुन्। यसमा चलचित्र विकास बोर्ड, अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्