पाेखरा ।।
पाेखराकाे सडकका छेउछाउमा करिब एक साता देखि थुप्रिएकाे फाेहाेरका डुङ्गुर भाेलि(विहिबार)बाट उठ्ने भएको छ ।
पाेखरा महानगरपालिकाले वडा नम्बर ३२ लामेआहाल क्षेत्रका बासिन्दासँग आज(बुधबार) सहमति गरेसँगै भाेलिबाट फोहोर उठ्ने भएको हो ।
पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले गर्दा महानगरले पोखरा -१४, बाच्छेबुडुवामा रहेकाे ल्याडफिल्ड साइटलाई लामेआहालमा सारेकाे थियाे ।
महानगरले साे क्षेत्रमा अस्थायी समाधान भन्दै ६ महिनाका लागि मात्र डम्पिङ साइटकाे रुपमा प्रयाेग गर्ने भनेकाे थियाे । तर महानगरकाे कम्जाेर व्यवस्थापन र फितलाे कार्य शैलीले गर्दा ६ महिनाको लागि भनेर प्रयाेग गरेकाे लामेआहालकाे ल्याण्डफिल्ड साइट साँढे २ वर्षदेखि त्यही छ ।
यस बिचमा महानगरले फाेहाेर प्रशाेधन केन्द्र त परकाे कुरा त्यससकाे उचित व्यवस्थापन नै गर्न सके ।
लामेआहालमा फोहोर फाल्नकाे लागि गरिएको दाेस्राे सम्झाैता माघ २३ गते सकिएकाे थियाे । यही कारण त्यहाँका स्थानीय बासिन्दाहरुले फाेहाेर फाल्न राेकेकाे थियाे । जसले गर्दा पाेखराका अति व्यस्त मूख्य बजार क्षेत्रहरु सृजनाचाेक, नयाँबजार, न्यूराेड, चिप्लेढुङ्गा र महेन्द्रपुल लगायतका क्षेत्रको सडकमा फोहरका डुङ्गुर थुप्रिएका छन् ।
ती फाेहाेरका डुङ्गुरले पाेखरालाई केबल दुर्घन्धित मात्र नबनाई कुरुप पनि देखाएको छ। फाेहाेर उठ्ने भनेसँगै पाेखरेलीहरु खुशी भएका छन् ।
पोखरामा दैनिक १५० देखि २०० टन फोहोर उत्सर्जन हुन्छ । ती फोहोरहरुलाई ल्याण्डफिल्ड साइट पुर्याउन महानगरले ८ वटा कम्पनीलाई जिम्मा दिएको छ । उनीहरूले तालिका बनाएर फोहोर संकलन गर्ने गर्छन ।