अनुशासनको नाममा विद्यार्थीमाथि हिंसा, शिक्षिका पक्राउ
  • प्रमुख खबर

 

तनहुँ/तनहुँको भिमादस्थित प्रभात एकेडेमी बोर्डिङ स्कूलकी शिक्षिका सुष्मा श्रेष्ठलाई विद्यार्थीमाथि शारीरिक दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। उनले कक्षा ४ का १० वर्षीय प्रमिश परियारसहित अन्य तीन जना विद्यार्थीलाई तातो पन्यु प्रयोग गरेर गालामा डामेको बताइएको छ।

श्रेष्ठले विद्यार्थीहरूको हल्ला र जिस्क्याउने व्यवहारको कारण आफूलाई उत्तेजित महसुस गरेर, अनुशासन कायम गर्नका लागि यस्तो कदम चालेको प्रहरीको भनाइ छ।

३२ वर्षीया सुष्मा श्रेष्ठ विद्यालयका प्रधानाध्यापक कृष्णदेव श्रेष्ठकी छोरी हुन्। अहिले तनहुँ प्रहरी घटनाको विस्तृत अनुसन्धानमा जुटेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्