काठ्माण्डाैं ।।
“पोखरा भ्रमण वर्ष २०२५” उद्घाटन समारोहमा बेलुन
पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु प्रसाद पौडेल
अस्पतालबाट डिस्चार्ज भएका छन् ।
दुई दिनदेखि कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन्।
अर्थमन्त्री पाैडेलकाे जलनको घाउ निको हुँदै गएको र फोक्सोमा पनि कुनै खराब असर नदेखिएकोले अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
तर यता, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपनि थप केही दिन अस्पतालमा राखिने अस्पतालले जनाइएको छ ।
मेयर आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकाले केही दिन थप उपचार हुने अस्पतालले जनाएको हाे ।
यस्तै सङ्क्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग भेटघाट गर्न बन्द गरिएको पनि अस्पतालले जनाएको छ ।