पाेखरा ।।
नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सञ्चालन गरेकाे छ ।
नजिकदै गरेको एसईई परीक्षलाई लक्षित गरी विद्यार्थीको ग्रेड वृद्धि गर्ने उद्देश्यका साथ एन प्याव्सन कास्कीले एक दिने अभिमूखिकरण कार्यक्रम सञ्चालन गरेकाे हाे ।
उक्त अभिमुखिकरण कार्यक्रममा एन प्याव्सन कास्कीमा आवद्ध विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी र विषयगत शिक्षक गरी १ हजार १ सयको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुलाई अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयमा अभिमूखिकरण गरिएको थियो।
यस्तै साे अभिमूखिकरण कार्यक्रममा विद्यार्थीसँगै विषयगत शिक्षकलाई समेत सहभागिता गराइएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिएका छन् ।
अध्यक्ष अधिकारीका अनुसार आउँदै गरेको एसईई परीक्षमा विद्यार्थीले उत्कृष्ट नितिजा ल्याउने उद्देश्यका साथ एन प्याव्सनले अभिमूखिकरण कार्यक्रम आयोजना गरेकाे बताए ।
उनले संस्था र विद्यालयको साथमा विद्यार्थीको सोच र मेहनले उत्कृष्ट रिजेल्ट आउनेमा आफुहरु विश्वस्त रहेकाे पनि बताए ।
अभिमूखिकरण कार्यक्रममा भक्तराज रासाईलीले विद्यार्थीलाई उत्प्रेरण जगाउने प्रशिक्षण दिएका थिए ।
त्यसैगरी विषयगतमा अंग्रेजी तर्फ विक्रम सुवेदी, डिल्लीराम भट्टराई, अनिता अधिकारी, नेपाली तर्फ सञ्जीव पौडेल, शिवलाल उपाध्याय, कृतिका सुवेदी, गणित तर्फ भूमिराज अधिकारी, युवराज कण्डेल, बलराम पौडेल, विज्ञान तर्फ तिर्थराज ढकाल, सञ्जीव त्रिपाठी, सिपि लामिछाने र समाजिक तर्फ पितृराज अधिकारी, विष्णुकुमार दर्जी, विचित्र न्यौपानेले सहजिकरण गरेका थिए ।