हात्ती देखेर भाग्ने व्यक्ति माउते हुन नसक्ने तर तालिम दिएर माउते हुन विद्यार्थीलाई प्रधानमन्त्रीकाे आग्रह
  • प्रमुख खबर

पाेखरा ।।

पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न भएको छ । पोखरा–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्रमुख आतित्यथामा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त दीक्षान्त समारोहमा ७ हजार ८ सय ७२ विद्यार्थी दीक्षित भएका छन् । सो विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरका विद्यार्थीहरु आज दीक्षित भएका हुन् ।

त्यस्तै साे कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले ज्ञान, दर्शन, योग र खोजको उद्गमस्थल नेपालमा दीक्षित विद्यार्थीले सदैब इमानदार भएर देशकाे लागि काम गर्नुपर्नेमा बताएका छन् ।

उनले इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सक्ने तर बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी नहुने बताए ।

उनले हात्ती देख्ने बित्तिकै भाग्ने व्यक्ति माउते हुन नसक्ने भन्दै हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्न सम्पूर्ण दीक्षित विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले उक्त समाराेहमा उपस्थित विद्यार्थीहरुलाई सानाे राष्ट्रमा छु भन्ने हीनताबोधी भावना नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन भन्ने विषयमा स्पष्ट भई सदैव नेपाल र नेपालीलाई केन्द्रमा राखेर काम गर्न आग्रह समेत गरे ।

पोखरा विश्वविद्यालय अन्तर्गत देशभर सञ्चालित क्याम्पसहरूबाट विभिन्न ६८ विधामा करिब ४० हजार विद्यार्थी अध्ययनरत रहेको पोखरा विश्वविद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्