पाेखरा ।।
पाेखराकाे एक विद्यालयमा अध्ययनरत छात्र अाफ्नै शिक्षकबाट कुटिएका छन् । गण्डकी एकेडेमी विद्यालयमा
कक्षा ६ मा अध्ययनरत छात्र साे विद्यालयकाे गणित शिक्षक विपिन कार्कीद्वारा कुटिएका हुन् ।
पीडित बालकले शिक्षक कार्कीलाई शौचालय जान अनुरोध गर्दा निघात पिटेको बताएका छन्।
विद्यार्थीलाई कुटपिट गरेकाे घटनालाई लिएर उनलाई विद्यालय प्रशासनले बर्खास्त गरेपछि घटना सार्वजनिक भएको हो। यद्यपि यस घटना भने फागुन ६ गतेकाे हाे ।
प्रहरीले मौखिक उजुरीकै आधारमा शिक्षक कार्कीलाई पक्राउ गरे पनि लिखित उजुरी नपरेपछि उनलाई घटना घटेकाे भाेलिपल्ट मात्र छाडिएको कास्की बैदामका डिएसपी सन्तोष निरौलाले जानकारी दिएका छन् ।