मन्त्रिपरिषद् बैठक आज, कुलमान घिसिङबारे निर्णय हुने चर्चा
  • प्रमुख खबर

काठमाडौँ /प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार यो नियमित बैठक भए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे के निर्णय हुन्छ भन्ने विषयमा व्यापक चासो बढेको छ।

सरकारको निर्देशन नमानेको भन्दै कुलमानप्रति असन्तुष्टि बढ्दै गएको छ। उर्जामन्त्री दीपक खड्काले केही दिनअघि संसदमै कुलमानले सरकारको निर्देशन पालना नगरेको र प्रचारमुखी गतिविधिमा लागेको आरोप लगाएका थिए।

सूत्रका अनुसार मन्त्री खड्काले कुलमानलाई हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा अघि बढाइसकेका छन्। यसबारे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार घिसिङलाई षड्यन्त्रपूर्वक हटाउन खोजिरहेको आरोप लगाउँदै आएको छ। आजको बैठकले यो विषयलाई लिएर ठोस निर्णय गर्ने सम्भावना रहेको विश्लेषण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्