काठ्माण्डाैं ।।
यस वर्षको माध्यामिक शिक्षा (एसईई)काे परीक्षा आगामी चैत ७ गतेदेखि हुने भएको छ । उक्त परीक्षामा देशैभरबाट ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (वि.सं २०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार ( वि.सं २०७८–०७९)ले फारम भरेका छन् ।
यस्तै एसईईकाे लागि २ हजार १ सय ३१ वटा परीक्षा केन्द्र तोकिएको छ । निमित्त परीक्षा नियन्त्रक विष्णु प्रसाद ज्ञवालीका अनुसार विद्यार्थीले भरेको फारमको आधारमा प्रश्नपत्र छपाइको काम अहिले धमाधम भइरहेको छ ।
सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा भने प्रश्नपत्र पुगिसकेकेको छ । प्रदेशबाट नै जिल्ला जिल्लामा प्रश्नपत्र पुर्याइने छ ।
यस्तै फागुनकाे २७-२८ गतेसम्मह सबै जिल्ला जिल्लामा प्रश्नपत्र पुगिसक्ने पनि निमित्त परीक्षा नियन्त्रक ज्ञवालीले जानकारी दिएका छन् ।