पाेखरा ।।
पाेखरा-१०, विरेन्द्रचाेकमा रहेकाे स्व. राजा वीरेन्द्र शाहको शालिक पूर्वराजा ज्ञानेन्द्र शाहले अनावरण गरेका छन् ।
वि.सं २०८० पुस ९ गते पुनःनिर्माण गरिएको उक्त शालिक पूर्व राजा ज्ञानेन्द्रले शुक्रबार अनावरण गरेका हुन् । शालिक अनावरणका लागि पूर्वराजा ज्ञानेन्द्र करिब ५ सय मिटर पैदलयात्रा गरेका थिए ।
पदैलयात्राकाे क्रममा उनका समर्थक र शुभेच्छुकहरुले राजतन्त्रको पक्षमा नारावाजी गरेका थिए भने राजावादीहरुले बाजाँ-गाजाँ भव्य रुपमा स्वागत गरेका थिए ।
यस्तै पाेखराकाे विभिन्न ठाउँहरुबाट आएका नागरिकहरूले पूर्वराजालाई राष्ट्रिय झण्डा, पुष्पगुच्छा र माला सहित भव्य रुपमा स्वागत समेत गरेका थिए।
उक्त शालिक ढलोटबाट पूर्ननिर्माण गरिएको छ भने करिब
आठ फिट अग्लो छ । साे शालिक निर्माणका लागि करिब २५ लाख रुपैयाँ खर्च लागेको निमार्ण समितिका सचिव अरुण गिरीले जानकारी दिएका छन् ।
स्व.राजा विरेन्द्रकाे शालिक बनेदेखि नै उक्त चोकको नाम वीरेन्द्रचोक राखिएको थियाे । तर यसअघि निर्मित शालिक माओवादी कार्यकर्ताले १८ वर्ष अघि तोडफोड गरेका थिए ।