सुर्खेत ।।
सुर्खेतकाे मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा परीक्षा स्थगित भएको छ । “ग्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स”अन्तर्गत स्नातक तह प्रथम र सातौं समेष्टरको परीक्षा अचानक स्थगित भएको हो ।
आइतबार(अाज) बिहान साँढे ६ बजे सुरु भएको परीक्षामा विद्यार्थीले उत्तरपुस्तिमा लेख्दै गर्दा स्थगन भएको हो ।
स्राेतका अनुसार परीक्षा शुरु भएको ३५ मिनेटमा एक्कासी परीक्षा स्थगन भएको थियोे । चैत १८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन उक्त विश्वविद्यालयमा हुँदैछ ।
सोही निर्वाचनलाई कारण देखाउँदै परीक्षा चलिरहेकै बेलामा स्थगन गरेको स्राेतले जनाएको छ । यसै विषयलाई लिएर उक्त विश्वविद्यालयले
परीक्षा स्थगन सम्बन्धि सूचना जारी गरेकाे छ ।
उक्त जारी सूचनामा चैत्र ३ गतेदेखि हुने भनिएको स्नातक तह प्रथम र सातौं सेमेस्टरको मध्यवर्ती परीक्षा अर्को सूचना नआएसम्मको लागि स्थगन गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ भनिएकाे छ ।