पाेखरा ।।
पृथ्वीनारायण क्याम्पसमा मतपत्रमा सामान्य त्रुटि देखिएपछि उत्पन्न विवादका कारण आज मतदान स्थगित भएको छ ।
मतपत्रमा त्रुटी भेटिएपछि पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियुकाे निर्वाचन स्थगित भएको छ ।
समानुपातिकतर्फको मतपत्रमा त्रुटी देखिएपछि त्यहाँकाे माहाेल तनाबग्रस्त बन्न पुगेकाे थियाे जसका कारण भाेलि बुधबार विहान ८ बजे मतदान गर्ने भन्दै स्थगित भएको छ ।
समानुपातिकतर्फको मतपत्रमा अखिल (छैटौं) को चिह्न लगाउने कोष्ठक छुटेको पाइएको छ ।
निर्वाचन अधिकृत डा. रामचन्द्र पोखरेलले सूचना जारी गरी आजका लागि मतदान स्थगित भएको र भोलि बुधबार बिहान ८ बजेबाट मतदान सुरु हुने जनाइएकाे छ ।
उक्त जारी सूचनामा त्रुटि भएको मतपत्रलाई रद्द गरि नयाँ मतपत्र छपाइ गरि ल्याउन समय लाग्ने भएकोले अाजकाे लागि मतदान स्थगन भएको उल्लेख छ ।
समयमा नै मतदान सुरु हुन नसकेपछि विद्यार्थी संगठनहरुले क्याम्पस गेट अगाडि नाराबाजी गरिरेका थिए । उनीहरुले मतदानको अधिकार हनन् गर्न नपाइने, क्याम्पस प्रमुखको राजीनामा माग गर्दै नारा लगाएका थिए ।