स्ववियुकाे निर्वाचन अन्तर्गत डब्लुआरसीमा खस्याे ८ सय ६ मत, वन विज्ञान क्याम्पसमा ३ सय ८३ मत
  • प्रमुख खबर

पाेखरा ।।
स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)काे मंगलबार(आज) भएको निर्वाचनमा इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस(डब्लुआरसी)पोखरामा ‍‍‍८ सय ६ मत खसेको छ ।

कुल २ हजार ४१ मतदाता रेहेकाे साे क्याम्पसमा उक्त मत खसेकाे हाे । नेवि संघले मुख्य गेटमा तालाबन्दी गरेपछि वैकल्पिक गेटबाट विद्यार्थी प्रवेश गराइएर निर्वाचन गरिएको हाे ।

नेविसंघले सचिवमा उम्मेदवारी दिएको उम्मेदवारकाे नाम सूचीमा नभएको भन्दै गेट बाहिर बसेर अवरोध गर्दै तालाबन्दी गरेकाे थियाे । तर क्याम्पस प्रशासनले वैकल्पिक मार्गको प्रयोग गरी विद्यार्थी भित्र प्रवेश गरेर निर्वाचन गरेकाे हाे ।

यस्तै स्ववियु निर्वाचन अन्तर्गत नै वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा ३ सय ८३ मत खसेको छ । कुल ४ सय ५०जना विद्यार्थी रहेकाे साे क्याम्पसमा उक्त मत खसेकाे हाे ।

अाज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन त्रिवि अन्तर्गत ६२ मध्ये ३८ वटा आंगिक क्याम्पसमा मात्र निर्वाचन भएको हो ।

त्यस्तै मतदान सुरु भएर पनि पाटन संयुक्त क्याम्पस र पृथ्वीनारायण क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।

पाटन संयुक्त क्याम्पसमा मतदान सुरु भएपछि मतदता कार्डको विषयलाई लिएर विवाद भएपछि झडप भएको थियाे । जस कारण आजको मतदान स्थगित भएकाे थियाे । तर पून:मतदान अब कहिले गर्ने भन्नेमा सहमति नभएको स्राेतले जनाएको छ ।

यता, पाेखराकाे पृथ्वीनारायण क्याम्पस(पिएन)मा पनि समानुपातिकतर्फको मतपत्रमा अखिल (छैटौं) को चिह्न लगाउने कोष्ठक छुटेको पाइएपछि त्यहाँकाे माहाेल तनाबग्रस्त बन्न पुग्दा निर्वाचन स्थगित भएको छ । पिएनमा भने भाेलि बुधबार विहान ८ बजे मतदान हुने भएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्