पोखरा/ बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। करिब ५० वर्षीय भण्डारीको शव बुधबार भेटिएको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले पुष्टि गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवका अनुसार घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रारम्भिक अनुसन्धान सुरु भइसकेको र घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।














