दुर्गा प्रसाईं पक्राउ भन्ने विषयमा गलत समाचार नलेख्न नेपाल प्रहरीको आग्रह
  • प्रमुख खबर

काठमाडौं/पछिल्ला केही दिनदेखि सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चार माध्यमहरूमा “उद्योगी दुर्गा प्रसाईं पक्राउ परेका छन्” भन्ने खालका समाचारहरू प्रकाशित तथा प्रसारित भइरहेका छन्। यस सम्बन्धमा नेपाल प्रहरीले गलत, भ्रामक र पुष्टि नभएका जानकारीहरू नफैलाउन सबैमा आग्रह गरेको छ।

प्रहरीले यस्ता भ्रामक समाचारले अनुसन्धान र शान्ति सुरक्षामा समेत असर गर्न सक्ने भएकाले पुष्टि नभएका सूचना सार्वजनिक नगर्न सञ्चारकर्मी, ब्लगर, युट्युबर तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्