महेश बस्नेत र दुर्गा प्रसाईंबीचको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा
  • प्रमुख खबर

काठमाडौ/ नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच दायर गाली बेइज्जतीसम्बन्धी मुद्दा भक्तपुर अदालतमा हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीश श्रीप्रसाद सन्जेलको एकल इजलासमा सुनुवाइका क्रममा बहस नसकिएपछि मुद्दा तत्कालका लागि टुंगो लाग्न सकेन।

महेश बस्नेतले २०८० सालको कात्तिक १७ गते दुर्गा प्रसाईंविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका थिए भने प्रसाईंले २०८० पुस ११ गते बस्नेतविरुद्ध जवाफी मुद्दा हालेका थिए।

सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमा दुबै पक्षले एकअर्काविरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए। बस्नेतले प्रसाईंलाई मानसिक सन्तुलन गुमाएको व्यक्ति भनेर आलोचना गरेका थिए भने प्रसाईंले बस्नेतलाई “हैसियत नभएको व्यक्ति” भन्दै आरोप लगाएका थिए। साथै, उनले नेकपा अध्यक्ष केपी शर्मा ओलीले बस्नेतलाई जबरजस्ती नेता बनाएको दाबी गरेका थिए।

दुवै पक्षका वकिलहरूले आ–आफ्नो तर्फबाट बहस गरे पनि फैसला निस्कन अझै केही समय लाग्ने देखिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्