आजको मौसम हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • प्रमुख खबर

पोखरा ।।
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले आज पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । गएराति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा हल्का वर्षा भएको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेश लगायत देशका पहाडी भेगका थोरै तथा बाँकी भू–भागका एकदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले  जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्