मौसम पूर्वनुमान हल्कादेखि मध्यम वर्षा
  • प्रमुख खबर

पोखरा ।।

देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण विभिन्न ठाउँमा पानी परिरहेको छ ।

अहिले देशका केही ठाउँमा पानी परेको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशको पूर्वी भू–भागको पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै गण्डकी, लुम्बिनी, बागमतीलगायत सबै प्रदेशका केही ठाउँमा हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने अनुमान रहेको मौसमविद्ले  बताए ।

यस्तै आज उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का  वर्षा र हिमपातको सम्भावना छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा थप सक्रिय हुने भएकाले हाज र भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्