आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत
  • प्रमुख खबर

पाेखरा ।।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/0८३ को वार्षिक नीति तथा कार्यक्रम बुधबार प्रदेश सभामा प्रस्तुत गरेको छ ।

आज दिउँसो बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रम संसद्बाट पारित भएपछि असार १ मा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्