पोखरा मन्टेश्वरी बिधालयको समर क्राफ्ट प्रदर्शनी तथा फुड फेस्टिभल कार्यक्रम सम्पन्न
  • संजय थापा

पोखरा ।।

पर्यटकी राजधानी पोखरा महानगरपालिका वार्ड नं १६ मा अवस्थित पोखरा मन्टेश्वरी बिधालय लामाचौरमा समर क्राफ्ट प्रदर्शनी तथा फुड फेस्टिभल कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ।

कार्यक्रमलाई उत्कृष्ट साथै सफल बनाउनका लागी बिधालयमा अध्ययन गर्ने विद्यार्थी साथै अभिभावकहरूले साथ दिएका थिए । कार्यक्रममा विद्यार्थीहरु ज्ञानमा मात्र सीमित रहेर उत्कृष्ट हुन नसक्ने साथै एक्स्ट्रा कार्यहरु पनि सिकाएमा विद्यार्थी धेरै दक्षे हुने भएको हुँदा विद्यालयले बेला मौकामा विद्यार्थीलाई रिफ्रेस गर्नका लागि र अभिभावकसँग जोडिनको लागी यस्तो कार्यक्रम गरिएको पोखरा मण्टेश्वरीका प्रधानाध्यापक कल्पना थापाले जानकारी दिन् ।

विद्यालय विसं २०७५ सालमा स्थापना भएको त्यस सँगै केही समय कोभिड १९ ले थला पर्दा पनि आरोह- अबरोहका बिच विद्यालयलाई अगाडि बढाएको र स्थापना कालमा १२ जना विद्यार्थीहरुबाट सुरुवात भएको पोखरा भण्टेश्वरी आजसम्म आइपुग्दा १८० जना विद्यार्थीहरु भएकोमा खुसी व्यक्त गर्दै विद्यार्थीहरूको लागि अहोरात्र खटिएको विद्यालयका सञ्चालक थिरबहादुर थापाले जानकारी दिए। साथै थापाले यहाँ सम्म आउन यहाँका स्थानीय, अभिभावक साथै बिधार्थीको साथ पाएकोमा आभार प्रकट गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्