एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक हुने
  • प्रमुख खबर

काठमाडाैं ।।

गएकाे वर्ष चैत ७ गतेदेखि सञ्चालन भएको एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको हाे ।

बाेर्डकाे नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर शिक्षकहरूले गरेकाे २९ दिने लामाे शैक्षिक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पछि सरेको परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार कर्मचारी खटाएर बिहानदेखि बेलुकासम्म काम गरिरहेका कारण परीक्षण सकेपछि इन्ट्री र रुजु गरेर त्रुटि नहुने गरी नतिजा सार्वजनिक गरणने उनले बताए ।

एसईई परीक्षा चैतदेखि ७ सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्