पोखरा ।।
देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ ।
आज दिउँसो पनि सबै प्रदेशका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यसैबीच जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकका नदी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागले विज्ञप्ति निकालेर असार ३ देखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रमा पर्ने भोटेकोशी नदीको जलाधार क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको चीनको प्रहरी कार्यलयमार्फत सूचना प्राप्त भएको जानकारी दिएको छ ।












