पाेखरा ।।
बजेट विनियाेजनमा म्याग्दीलाई अन्याय गरेकाे भन्दै नेकपा माओवादीका सांसद एंव पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रेशम जुग्जालीले गण्डकीको बजेट पुस्तिका च्यातेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका लागि रोष्ट्रममा पुगेका उनले गण्डकीको वार्षिक विकास कार्यक्रमकाे पुस्तिका रोष्ट्रममै च्यातेका हुन् ।
उनले बजेट पुस्तिका च्यात्दै रोष्ट्रमबाटै अर्थमन्त्री टकराज बहादुर गुरुङ र भौतिक मन्त्रीलाई प्रकाश के.सी.लाई
म्याग्दीको भूगोल थाहा नभए गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म आफ्नै खर्चमा घुमाउँने बताए ।
उनले म्याग्दीलाई २ वर्षसम्म अन्याय गरेकाेले याे बजेट पुस्तिका आफुहरुलाई आवश्यकता नभएको भन्दै राेष्टम बाटै आक्राेस पाेखेका छन् ।
आगामी आर्थिक वर्ष २०८२÷०८३ का म्याग्दी जिल्लालाई साँढे ३ करोड मात्र बजेट विनियोजन गरेर याे बजेटले सत्तासीनहरूको पूर्वाग्रह झल्काएको भन्दै उनी रुष्ट भएका हुन् ।
उनले आक्राेस हुँदै आफ्नाे भागमा परेकाे २ कराेड पनि फिर्ता लैजानुस् भन्दै खेद व्यक्त गरेका छन् ।










