नेपालमा कोरोना पुनः सक्रिय, नयाँ भेरिएन्टले एक महिलाको विराटनगरमा निधन
  • प्रमुख खबर

पोखरा//

नेपालमा फेरि कोरोना भाइरसको नयाँ भेरिएन्ट फैलिन थालेसँगै पहिलोपटक संक्रमितको मृत्यु भएको छ। इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोनाका कारण निधन भएको हो।

उनलाइ झापाको विर्तासिटी अस्पतालबाट विराटनगरको नोबेल मेडिकल कलेजमा रिफर गरिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार भर्ना गरिएकी ती महिलाको उपचारकै क्रममा मंगलबार बिहान ६ बजे ज्यान गएको अस्पताल प्रशासनले जनाएको छ।नोबेल अस्पतालका प्रबन्धक दीपेश राईका अनुसार, मृतक एक सातादेखि बिरामी थिइन् र स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार कोशी प्रदेशका मोरङ, झापा र इलाम गरी हालसम्म ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये झापाका ४ जना, मोरङका २ जना र इलामका १ जना छन्। तीमध्ये इलामकी एक महिलाको मृत्यु भएको हो।परिवारले मृतकको शव बुझेको प्रहरीले जानकारी दिएको छ।सरकारले नयाँ भेरिएन्टलाई लिएर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्