एसईईकाे नतिजा प्रकाशन शुक्रबार(आज)साँढे ५ बजे
  • प्रमुख खबर

काठमाण्डाैं ।।
राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार(आज) प्रकाशन गर्ने भएको छ ।

नतिजा आजसाँझ साँढे ५ बजे प्रकाशित गर्ने भएको हाे । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ साँढे ५ बजे एसईई नतिजा सार्वजनिक गर्ने बताएका हुन् ।

२०८१ चैत ७ गते सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ परीक्षार्थी सहभागी भएका थिए ।

यस्तै ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्