मौसम पूर्वामुमान सामान्य बदली र वर्षाको सम्भावना
  • प्रमुख खबर

पोखरा ।।

आज पनि देशभर सामान्य बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

देशका विभिन्न ठाउँमा रातीदेखि नै पानी परिरहेको छ । राती सिन्धुपाल्चोक र बागलुङमा भेलबाढी आउने गरी ठूलो पानी परे पनि अहिले भने रोकिएको छ । डडेलधुरा, कैलाली, नवलपरासी, चितवन, धनकुटा, झापा लगायतका ठाउँमा भने अहिले पनि पानी परिरहेको छ ।

कैलालीको धनगढी एअरपोर्ट वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएकोले त्यो क्षेत्र भइ बहने ससाना खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू–भागमा रहनुहुनेहरूले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलिसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । प्राधिकरणले निकालेको सूचनाअनुसार यस अवधिमा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर तथा अरू प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।
ठूलो वर्षाका कारण ती ठाउँमा भूक्षय, बाढी, पहिरो, डुबान तथा गेग्य्रान बहावको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन प्राधिकरणले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्