पोखरा ।।
आज पनि देशभर सामान्य बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
आज उपत्यकासहित देशका धेरै ठाउँमा यतिबेला आंशिक बदली छ । कतिपय ठाउँमा बिहानैदेखि घाम चर्को लागेको छ । राति देशभर हल्कादेखि मध्यम वर्षा भएको थियो । आज पनि सबैजसो प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । राति कोशी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।









