मौसम पूर्वामुमान: देशभर सामान्य बदली र वर्षाको सम्भावना
  • प्रमुख खबर

पोखरा ।।
आज पनि देशभर सामान्य बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

महशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहितका केही पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी र सुदूर पश्चिम प्रदेशका तराईका थोरै ठाउँहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै राति पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्