“पार्टी छोडेको होइन, जिम्मेवारीका कारण मात्र टाढा देखिएको हुँ-”विद्यादेवी भण्डारी
  • प्रमुख खबर

पोखरा//

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले राष्ट्रपति बन्दैमा नेकपा एमाले पार्टी त्यागेको भ्रम असत्य भएको स्पष्ट गरेकी छिन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले पार्टी सदस्यता कानुनी प्रक्रियाअनुसार नवीकरण गरेको बताइन्। उनले भनिन्, “मलाई चाहेर कोही पार्टी सदस्यता खान सक्दैन। म ३५ वर्षदेखि नेकपा एमालेसँग आबद्ध छु। राष्ट्रपति हुँदा पनि पार्टी नछोडी, जिम्मेवारीका कारण मात्र अलग देखिएको थिएँ।”

उनका अनुसार, अब पनि उनी एमाले परिवारमै सक्रिय सदस्यका रूपमा आवद्ध छिन् र सबै कार्य विधिअनुसार नै गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्