कास्की प्रहरीद्धारा लागुऔषध सहित ३ व्यक्ति पक्राउ
  • प्रमुख खबर

पोखरा ।।पोखरामा लागुऔषध सहित ३ जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँ म्याग्दे गाउँपालिका–१ गुणादीका ३८ वर्षीय कमल थापा, धादिङ स्थायी वतन भई हाल पोखरा–१४ चाउँथे बस्ने ३१ वर्षीय राजन क्षेत्री, र मोरङको सुन्दरहरैंचा नगरपालिका–६ का ४२ वर्षीय सत्य नारायण चौधरी रहेका छन्।

यही साउन ११ गते लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले पृथ्वी राजमार्गमा सवारी चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएका हुन् ।

प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ मिलिग्राम साथै ३ थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका तीनैजनामाथि लागू औषध सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) हरी बहादुर बस्नेतले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्