एन प्याव्सनको हाजिरीजवाफ प्रतियोगितामा अञ्जुली प्रथम
  • प्रमुख खबर

श्रावण १७ गते, शनिबार
पोखरा ।।
नेशनल प्याव्सन कास्कीले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा बगर टुडिखेलमा अवस्थित अञ्जुली आवासीय माध्यामिक विद्यालय प्रथम भएको छ ।

नेशनल प्याव्सन कास्कीले संस्थामा आवद्ध विद्यालयहरुवीच आयोजना गरेको १९ एन प्याव्सन हाजिरीजावफ प्रतियोगितामा अञ्जुली प्रथम भएको हो ।

प्रतियोगितामा डायमण्ड मोडल स्कुल दोस्रो, श्री रत्न ज्योति मावि तृतीय, कास्की मोडर्नाइज्ड एकेडेमी सान्त्वना, त्रिवेणी पब्लिक मावि पाँचौ र विरेन्द्र मेमोरियल इङ्लिस बोर्डिङ स्कुल छैटौं भए ।

विजय विद्यार्थीलाई नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, उपाध्यक्ष मनकाजी गुरुङले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा ३६ वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाएको कार्यक्रम संयोजक पितृराज अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको सहजिकरण रञ्जीत गुप्ता र डोलराज अर्यालले गरेका थिए ।

यस अघि कार्यक्रमको उद्घाट गर्दै प्रमुख अतिथि शिक्षा विकास निर्देशनालयका महानिर्देशक दामोदर सुवेदीले एनप्याव्सनले गरेको हरेक कार्यक्रम उत्कृष्ट रहेको बताए ।

शिक्षण सिकाईका अलाव एन प्याव्सन कास्कीले विभिन्न खालका अतिरिक्त कार्यक्रमहरुको आयोजना गरी विद्यार्थीका अन्तरनिहित प्रतिभा उजागर गर्ने काम गरेको उनको भनाई थियो।

एन प्याव्सन कास्कीले विद्यार्थीका प्रतिभालाई उजागर गर्ने शैक्षिक तथा खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै आएको छ।

यस अलावा आफ्ना विद्यालयका शिक्षकहरुलाई पनि तालिमहरु दिदै आएको छ।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्