मौसम पूर्वामुमान: देशभर हल्कादेखि मध्यम वर्षा
  • प्रमुख खबर

पोखरा १९, पोखरा ।।
आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कर्णाली र सुदूरपश्चिमबाहेक सवै प्रदेशमा वर्षाको सम्भावना छ । मधेशसहित कोशी, लुम्बीनी, गण्डकी, बागमती प्रदेशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबका केही दिन देशभर मनसुन निरन्तर सक्रिय रहने महाशाखाले जनाएको छ ।

मौसमविद् बिनु महर्जनका अनुसार शुक्रवारयता देशका धेरै ठाउँमा पानी परेको छ । गएराति पनि देशका धेरैजसो ठाउँमा वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै धनुषामा ७४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै रौतहट, मकवानपुर, बारा, पाल्पा, गुल्मी, बागलुङ, दाङलगायतका जिल्लामा पनि पानी परेको छ । आजराती बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए ।

। मौसमी सूचनाको सही जानकारी लिएर मात्रै यात्रा गर्न र आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्