मौसम पूर्वामुमान: देशका केही ठाउँमा दिउँसो मध्यम र राती ठूलो पानी पर्ने
  • प्रमुख खबर

भाद्र १९, पोखरा ।।
आज देशका केही ठाउँमा दिउँसो मध्यम र राती ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही ठाउँमा आज दिउँसो मध्यम र राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

मधेश र लुम्बिनी प्रदेशको तराईको केही ठाउँहरुमा हावाहुरी पनि चल्न सक्ने महाशाखाले जनाएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

यतिखेर भने काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ । गएराति कास्की र लमजुङमा ठूलो पानी परेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्