राष्ट्रलाई संकटबाट निकाल्न सबैको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे
  • प्रमुख खबर

भाद्र २६, पाेखरा ।।
अहिलेकाे याे विषम परिस्थितिबाट राष्ट्रलाई पार लगाउन संयमता अति आवश्यक रहेकाे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताएका छन् ।

उनले विहिबार एउटा विज्ञप्ति जारी गर्दै,”विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प हो ।”

राष्ट्रपति रामचन्द्र पौडेलले अघि बढाएको संवाद पहल स्वागतयोग्य रहेको भन्दै उनले यो पहललाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चार जगतलगायत सबै तहबाट सहकार्य हुन अपरिहार्य रहेको समेत बताएका छन् ।

विशेषगरी अहिलेका युवाहरुकाे भावनालाई समेट्दै, संवैधानकाे रक्षा गर्दै लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्न जरुरी रहेको उनीद्वारा जारी गरिएको विज्ञप्तिकरमा भनिएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्