शान्ति–सुरक्षाको अवस्था सामान्य, कास्कीमा कर्फ्यू हटाइयो
  • प्रमुख खबर

भाद्र २८, पोखरा ।।
जिल्ला प्रशासन कार्यालय कास्कीले यहाँ जारी भएको कर्फ्यू हटाएको जनाएको छ। शनिबार(आज) देखि लागु हुने गरी कर्फ्यू हटाइएको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले आजनै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको हस्ताक्षरमा जारी सूचनामार्फत यसबारे जानकारी दिएको छ।

सूचनामा कास्की जिल्लामा शान्ति, सु-व्यवस्था कायम गर्न, पारस्परिक सद्भाव मजबुत बनाउन, जनजीवनलाई सहज बनाउन र सार्वजनिक सेवा–सुविधा सुचारु राख्न सबै सरोकारवाला पक्षसँग सहयोग गर्न आग्रह गरिएको छ।

यस क्रममा सरकारी निकाय, निजी क्षेत्र, राजनीतिक दल, संघ–संस्था, मानवअधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज तथा स्थानीय समुदायलाई आवश्यक समन्वय र सहजीकरण गर्न पनि अनुरोध गरिएको छ।

यस्तै उक्त सूचना मार्फत प्रशासनले बजार व्यवस्थापनलाई क्रमिक रूपमा चलायमान बनाउन सबै पक्षले सहयोग पुर्‍याउने अपेक्षा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्