भाद्र ३०, पोखरा ।।
जेनजी आन्दोलनका क्रममा चोरी भएका सामानहरू फिर्ता गर्न गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आग्रह गरेको छ ।
कार्यालयले सोमबार(आज) एउटा सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । भदौ २४ गते भएको उक्त आन्दोलनका क्रममा मन्त्रालयको कार्यालय र प्रदेशस्थित अन्य मन्त्रालयदेखि लिएर आयोग, निकाय, कार्यालय र निवासमा भएको तोडफोड, आगजनी र लुटपाटबाट सवारी साधन, टिभी, कम्प्युटर सेट, ल्यापटप, स्क्यानर, क्यामेरा, प्रिन्टर, फर्निचर लगायतका सामग्रीहरु चोरी भएका छन् ।
तोडफोड गरिएका र चोरीमा संलग्नहरु सिसीटिभि फुटेज र अन्य प्राप्त भिडियोहरुमा पहिचान गर्ने कार्य भइरहेको हुँदा यदि कोहि कसैले यस कार्यालय र अन्य निकायहरुबाट लिएको वा प्राप्त गरेका छन् भने सम्बन्धीत कार्यालय अथवा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन उक्त जारी सूचना मार्फत अनुरोध गरेको छ।
सो सूचनामा सरकारले सामान फिर्ता गर्ने व्यक्तिको पहिचान गोप्य राखिने स्पष्ट गर्दै, नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।









