देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • प्रमुख खबर

असोज ०१, पोखरा ।।
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । मौसम बदली नै रहेको र धेरै ठाउँमा हल्कादेखि मध्यम तथा केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । बागमती र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही ठाउँ तथा बाँकी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भाग र लुम्बिनी प्रदेशको तराइका भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा बाँकी भागका केही ठाउँमा राति मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार मधेश प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्नेछ । ठूला साना नदीखोलामा पानीको सतह बढ्न सक्ने, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुँदा सतर्क रहन तथा पूर्वतयारी गर्न आग्रह गरिएको छ । हिजो र गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्