आश्विन २, काठमाडौं ।।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङबिच भेटघाट भएको छ । राजदूत साेङले विहिबार(आज) प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र प्रधानमन्त्री कार्कीबिच आज टेलिफाेन वार्ता भएको थियाे । त्यसलगत्तै साेङले पनि कार्कीलाई भेट गरेका हुन् ।
विशेषगरी उक्त भेटमा साेङले नेपाल चिनकाे छिमेकी राष्ट्रिय भएको नाताले नेपाललाई हरेक प्रकारकाे सहयाेग गर्न चिन सधै तयार रहेकाे बताएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
यसै क्रममा प्रधानमन्त्री कार्कीले पनि नेपाल चीनसँग सहकार्य गर्न तयार रहेको र यो बेलामा आवश्यक सहयोगको अपेक्षा गरेको धारणा राखेकी छन् ।
यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका थिए ।











