असोज ०६, काठमाडौं ।।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारमा रहेकाे कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री खरेलले पाँच महिनाभित्र काठमाण्डाैं सहित देशका प्रमुख १० शहरका सार्वजनिक ठाउँमा निःशुल्क वाईफाई उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।









