असोज ११, पोखरा ।।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायूको प्रभाव छ । तर मनसुनी वायु कमजोर रहेको तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भागमा साधारणतया मौसम बदली रही बाँकी भागमा आंशिक बदली रहने अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँमा तथा बाँकी भागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी भागको मौसम मुख्यतया सफा रहनेछ । थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।









